Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि खाली गरिए फ्रान्सका ६ विमानस्थल

एजेन्सी । फ्रान्सका ६ वटा विमानस्थल बुधबार खाली गरिएका छन् । आक्रमणको ‘धम्की’सहितको इमेल प्राप्त भएपछि ६ वटा विमानस्थल खाली गरिएको हो ।

उत्तरी फ्रान्सको लिले एयरपोर्टले बमको खतराको कारणले सुरक्षाको कदम चाल्दै विमानस्थल खाली गरिएको जनाएको छ ।

यस्तै दक्षिणी सहर टुलुसको एयरपोर्टले पनि बमको धम्कीका कारण खाली गरिएको र केही समय उडान रोकिएको बताएको छ । सुरक्षाकै कारण पेरिसबाहिर नान्टेस र ब्यूवेस सहरका विमानस्थल पनि खाली गरिएको बताइएको छ ।

यस्तै, पूर्वी फ्रान्सको लियोन ब्रोन एयरपोर्ट र दक्षिणी सहर नाइसको एयरपोर्ट पनि खाली गराइएको र पछि फेरि सञ्चालनमा आइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077