Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज गर्ने निर्णय

    लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज गर्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 705
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका अस्पताल विकास समिति खारेज गरेको छ ।​

    बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको हो ।



    प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिने छ ।



    यस्तै, प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार