Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा गोली हानी नेपाली युवाको हत्या, लुटियो २९ लाख भारु !

रौतहट । भारतमा नेपाली युवाको गोली हानी हत्या गरिएको छ । भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी रौतहटको गौर नगरपालिका ९ का ४० वर्षीय दिलिप सिंहको हत्या भएको हो ।

रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान भारतीय प्रहरीले गरेको छ ।

भारतको मुजफ्फरपुरबाट संकलन गरेको २९ लाख भारतीय रुपैयाँ लिएर मिलमा फर्किरहेको बेला सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यापछि २९ लाख भारतीय रुपैयाँ लिएर लुटेरा समूह फरार भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकको शव भारतीय प्रहरीले परिवारलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077