एजेनसी । इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिइने भएको हो ।
इजरायलले अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको छ ।
तर, विद्रोही समूह हमाससम्म सहायता सामग्री पुग्न नहुने इजरायलको शर्त छ ।