Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वृद्ध दम्पत्तीबाट ६ लाख लुटेर भागेका सहनी पक्राउ

महोत्तरी । महोत्तरीमा वृद्ध दम्पत्तीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएका युवक पक्राउ परेका छन् ।

गत असोज ७ गते दिउँसो वृद्ध दम्पतिबाट पैसा लुटेर फरार भएका सर्लाहीको मंलगवा नगरपालिका-५ भाडषरका २९ वर्षीय रमेश सहनीलाई प्रहरीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रूपैयाँ बैंकबाट निकालेर घर‍ जाँदै गर्दा लुटिएका थिए ।

खोजतलाको क्रममा बुधवार दिउँसो सहनीलाई ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले गौशाला नगरपालिका ७ र सर्लाही हरिपुर्वा नगरपालिका ७ को सिमानाबाट पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077