Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्वस्थ, अस्पतालमा भर्ना

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालमा भर्ना भएका छन् ।

बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार चीन भ्रमणमा रहेका उनी छाती दुखेपछि बेइजिङ अस्पतालमा भर्ना भएका हुन् ।

गएको सोमबार गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका थिए ।

उनी बुधबार बीआरएफको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077