Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रिकोणात्मक टी–२० : नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

    त्रिकोणात्मक टी–२० : नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 957
    SHARES

    काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।



    निकै खराब सुरुवात गरेको हङकङले १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको थिायो । हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।



    हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २/२ तथा कुशल मल्ल र मौसम ढकालले १/१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार