Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • त्रिकोणात्मक टी–२० सिरिजको खेल तालिका सार्वजनिक

    त्रिकोणात्मक टी–२० सिरिजको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 633
    SHARES

    काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा नेपालले फागुनमा खेल्ने त्रिदेशीय टी–२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।



    तालिकाअनुसार नेपालले फागुन १५ गते नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले फागुन १६ गते नेदरल्यान्ड्सँग खेल्नेछ । फागुन १७ गते नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् ।



    यस्तै फागुन १८ गते पुनः नेपाल र नामिबिया, १९ गते नेपाल र नेदरल्यान्ड्स तथा २० गते नेदरल्यान्ड्स र नामिबियाबिच प्रतिस्पर्धा हुनेछ । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।

    लिग चरणका शीर्ष दुई टोलीबिच फागुन २२ गते उपाधि भिडन्त हुनेछ । फाइनल खेल २२ गते हुने तालिका छ । सिरिजका सबै खेल बिहान साढे ९ बजे हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार