Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्दै नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापान तथा शुभकामना आदानप्रदान समारोह आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी स्मृति भवनस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ देखि ५ बजेसम्म सो कार्यक्रम आयोजना हुने भएको हो ।

वि.सं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ।

सोही दिनमा प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077