Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्राउन सुगरसहित चारजना पक्राउ

झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे दमक नगरपालिका ५ सुकुम्बासी टोलबाट तीन ग्राम ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा २४ वर्षीय समिर गजमेरको घरको कोठाभित्र रहेका गजमेरसहित २९ वर्षीय रोशल बुढाथोकी, २४ वर्षीय रोशन माझी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शंका लागेर चेकजाच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर तीन ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077