Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हिजो (बिहीबार) सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज प्रतितोला तोलामा १८ सय रूपैयाँले बढेर सुनको मूल्य एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077