Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फाइनल प्रवेशका लागि आज नेपाल र जापान भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र जापानको खेल हुँदैछ । वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे शुरु हुँदैछ ।

नेपाल समूह ुएु को विजेता र जापान समूह 'डी' को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो । आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । सो खेल बिहान साढे ९ बजे हुनेछ।

प्रिमियर कपको फाइनल मंगलबार हुनेछ। फाइनल पुग्ने दुई तथा तेस्रो स्थानमा रहने एक गरि तीन टोलीले आगामी डिसेम्बरमा हुने एसिया कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077