Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशेष अदालत नियमावली : मुद्दा दर्तासँगै कार्यतालिका बन्ने

काठमाडौं । अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको २१ वर्षपछि विशेष अदालतले नियमावली पाएको छ । २०५९ असारदेखि ऐन कार्यान्वयन आए ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली २१ वर्षपछि जारी भएको हो ।

मन्त्रीपरिषद्ले नियमावली स्वीकृत गरेसँगै असोज २५ गते नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ । नियमावलीले अदालत व्यवस्थापन, पेसी व्यवस्थापन, पूर्ण बैठक, कर्मचारीको उत्तरदायित्व र जवाफदेहितालगायतका विषय समेटिएका छन् ।

नियमावलीले मुद्दाको कार्यतालिकाको प्रस्ताव गरेको छ । मुद्दा दर्तादेखि फस्र्योटसम्मको कार्यतालिका मुद्दापिच्छे फरक बनाउनुपर्ने छ ।

कार्यतालिका अनुसार काम सम्पन्न हुन नसकेमा कारणसहित संशोधन गर्ने व्यवस्था नियमावलीमा छ । यसरी तयार हुने कार्यतालिका मुद्दाको पक्षलाई पनि उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077