Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल यू-१९ प्रिमियर कपको फाइनलमा, एसिया कप खेल्ने पक्का

काठमाडौं । जापानलाई हराउँदै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।शनिबार भएको खेलमा जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल अपराजित रहँदै उपाधिनजिक पुगेको हो।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा वर्षाले खेल रोकियो ।

डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो । तर, नेपाली बलरले घातक बलिङ गरेपछि जापानले ४३ रन मात्र बनाउन सक्यो । ११.४ ओभरमा सुवास भण्डारीले यामामोतोको विकेट लिएपछि जापानका रतविक शिवकुमार ब्याटिङमा आएका थिए ।

एक बल सामना गरेका उनले ब्याटिङलाई निरन्तरता दिन सकेनन् । नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले २ र आकाश चन्दले एक विकेट लिए । फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077