Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोबाइल एमडीएमएसमा दर्ता गर्न १५ दिनको म्याद, दर्ता नभए सेवा अवरुद्ध हुने

    मोबाइल एमडीएमएसमा दर्ता गर्न १५ दिनको म्याद, दर्ता नभए सेवा अवरुद्ध हुने

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 639
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएको छ ।

    प्राधिकरणले आज शनिवार सूचना निकालेर अबको १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नहुने मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको हो । अब दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त हुँदैन ।



    मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री/वितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ । तर पटक–पटक म्याद थप्दै आएको छ ।



    गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठको १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो । तर फेरि पनि म्याद थपेको थियो । अब भने अन्तिम पटक १५ दिनका लागि समय दिइएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार