Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अख्तियारद्धारा झण्डै एक अर्ब घोटालामा संलग्न दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर

    अख्तियारद्धारा झण्डै एक अर्ब घोटालामा संलग्न दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 939
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।



    नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र लाई पनि प्रतिवादी बनाइएको छ ।



    प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरिएको विशेष अदालत स्रोतले बतायो ।

    विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ । उनीहरुमाथि महंगोमा एमडीएमएसको सामान किनेर प्रयोग बिहिन बनाएको आरोप छ ।

    एमडीएमएसको खरिदमा अनियमिततामा मुछिएपछि तत्कालीन अध्यक्ष खनालले राजीनामा दिएका थिए। उनीहरूले एमडीएमएस खरिद प्रक्रियाको टेण्डर प्रक्रिया,परामर्शदाता छनौटलगायतका काममा भ्रष्टाचार गरेको खुलेको थियो ।

    नेपाल दूरसंचार प्राधिकरणले उक्त सिस्टम २०७९ साल भदौ ३० गतेदेखि लागू गरेको थियो। नेपालमा भित्रिने मोबाइल फोनहरूको गैरकानुनी आयात रोक्न एमडीएमएस सिस्टम लागू गरेको थियो।

    यस्तो छ अख्तियारद्धारा जारी पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार