Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरबाट लागुऔषधसहित चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ । जिल्लाको अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको हो ।

दोधारा–चाँदनी नगरपालिका–२ का २१ वर्षीय पवन धामी, भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २३ वर्षीय कुस कार्कीलाई १ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै दोधारा–चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्की र वडा नम्बर २ का १८ वर्षीय कमल सुनारलाई पनि लागुऔषधसहित पक्राउ गरिएको हो ।

दुबै जनालाई शून्य दशमलव १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077