Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • कञ्चनपुरबाट लागुऔषधसहित चारजना पक्राउ

    कञ्चनपुरबाट लागुऔषधसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 1.1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ । जिल्लाको अस्थायी प्रहरी पोष्ट झोलुङ्गे पुलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको हो ।

    दोधारा–चाँदनी नगरपालिका–२ का २१ वर्षीय पवन धामी, भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २३ वर्षीय कुस कार्कीलाई १ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    त्यस्तै दोधारा–चाँदनी नगरपालिका–२ का १९ वर्षीय सन्तोष सार्की र वडा नम्बर २ का १८ वर्षीय कमल सुनारलाई पनि लागुऔषधसहित पक्राउ गरिएको हो ।

    दुबै जनालाई शून्य दशमलव १० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार