Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एंगोला प्रस्थान

    राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एंगोला प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, ५ कार्तिक २०८०
  • 756
    SHARES

    काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज एंगोला प्रस्थान गरेका छन् ।

    अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कात्तिक ६ देखि १० (अक्टोबर २३–२७) मा हुने १४७औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।



    क्
    ‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सम्पन्न हुने महासभामा भाग लिन राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधि सभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिव डा भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारविज्ञ (प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।



    महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी, आईपीयूको फोरम अफ योङ पार्लियामेन्टमा प्रतिनिधि सभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधि सभा सदस्य रुपा चौधरीले सहभागिता जनाउनेछ ।

    महासभासँगै संसदका महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमको बैठकमा संगठनको कार्यकारी सदस्यसमेत रहेका महासचिव गौतमले सहभागिता जनाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार