Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको मेल डिपोमा रुसी हमला : ६ जनाको मृत्यु, सातको अवस्था गम्भीर

एजेन्सी । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिवार मिसाइल आक्रमण गरेको छ ।

सो आक्रमणमा कम्तीमा हुलाकका ६ जना कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको बताइएको छ । गभर्नर सिनेगुबोभका अनुसार सात जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077