Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानबाट फर्किए १२ हजार अफगानी शरणार्थी

एजेन्सी । करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन् ।

दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन् ।

त्यसैगरी २५ लाखभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै, सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । विगत चार दशकदेखि मातृभूमि अफगानिस्तानबाट विदेशी आक्रमण र द्वन्द्वबाट भाग्नेको सङ्ख्या ठूलो छ ।

पछिल्लो एक वर्षमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077