Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौंमा टीकाको दिन निःशुल्क बस सञ्चालन गर्दै प्रहरी, यस्तो छ रुट

काठमाडौं । विजया दशमी (टीका) को दिन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निस्शुल्क बस सञ्चालन गर्ने भएको छ।

सर्वसाधारणको सहजताका लागि भन्दै प्रहरीले २ वटा रुट निर्धारण गरेर निस्शुल्क बस सञ्चालन गर्न लागेको हो । प्रहरीका बसहरु प्रहरी प्रधान कार्यालय नक्साल क्षेत्रलाई केन्द्र बनाएर गुड्नेछन् ।

पहिलो रुटअन्तर्गतका बस नक्सालबाट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हुँदै नक्साल पुग्नेछन्। उक्त रुटमा बिहान ८ः३० बजे र अपराह्न ४ बजे गरी २ सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।

यस्तै, दोस्रो रुटका बस नक्साल, रातोपुल, एयरपोर्ट, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक पुग्नेछन्। उक्त रुटका बस सूर्यविनायकबाट सल्लाघारी, ठिमी, कोटेश्वर, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछन्। दोस्रो रुटमा पनि बिहान ८स्३० बजे र अपराह्न ४ बजे गरी २ सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077