Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसीसी यू-१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई खेल्दै

काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन् । क्वालाम्पुरस्थित वायोमास ओभलमा हुने फाइनल खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो । नेपालले पहिलो सेमिफाइनलमा जापानलाई डिएल मेथडमा १ सय ४४ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

उता यूएईले भने समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा युएईले सिंगापुरलाई डि एल मेथडमा १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको थियो।

फाइनलमा स्थान बनाएसँगै नेपाल र युएई दुवै टोलीले पाकिस्तानमा हुने यू–१९ एसिया कपमा पनि स्थान पक्का गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077