Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं उपत्यकामा आज निःशुल्क बस सेवा सञ्चालन गर्दै प्रहरी, यी हुन् रुट

काठमाडौं । नेपाल प्रहरीले आज विजया दशमी (टीका) को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्दैछ ।

सार्वजनिक सवारी साधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको हो ।

बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ । पहिलो रुटअन्तर्गतका बस नक्सालबाट बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हुँदै नक्साल पुग्नेछन्। उक्त रुटमा बिहान ८ः३० बजे र अपराह्न ४ बजे गरी २ सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ।

यस्तै, दोस्रो रुटका बस नक्साल, रातोपुल, एयरपोर्ट, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक पुग्नेछन्। उक्त रुटका बस सूर्यविनायकबाट सल्लाघारी, ठिमी, कोटेश्वर, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछन्।

दोस्रो रुटमा पनि बिहान ८ः३० बजे र अपराह्न ४ बजे गरी २ सिफ्टमा बस सञ्चालन हुने प्रहरीले जनाएको छ। यस्तै सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077