Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

काठमाडौं । यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियामा मंगलबार भएको फाइनलमा डीएल मेथडको आधारमा युएईलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो ।

वर्षाले खेल प्रभावित भएपछि जितका लागि १९८ रनको लक्ष्य पाएको युएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो। युएईलाई अलआउट गर्न आकाश त्रिपाठीले ४ विकेट लिए।

त्यस्तै सुवास भण्डारीले ३, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेल खेल्दै २८० रन बनाएको थियो। नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे।

त्यस्तै अर्जुन कुमालले ५५ रन र उत्तम राना मगरले ५७ रन बनाए । यस्तै दिपक प्रसाद डुम्रेले २८ रन थपे । ओपनर दिपक बोहोरा ५ तथा विशाल विक्रम केसी ३ रनमा आउट भए। हेमन्त धामी ७ रनमा क्याच आउट भए।

दिपेश कँडेल १० र आकाश चन्द १ रनमा नटआउट रहे। नेपाल यसअघि फाइनल पुगेसँगै एसिया कपमा क्वालिफाइसमेत भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077