Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई विजयादशमीको टीका र जमरा लगाइदिएका छन् ।

उनीसित टीका र प्रसाद ग्रहण गर्न इच्छुक सर्वसाधारण मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । त्यसअघि, राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएका थिए ।

राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर शीतलनिवासमा टीका र प्रसाद ग्रहणको व्यवस्था मिलाएको थियो । सर्वसाधारणका लागि टीका, प्रसाद ग्रहण गर्ने समय अपराह्न ३ देखि ५ बजेसम्म तोकिएको थियो।

राष्ट्रपति पौडेलले भने बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाउजू विष्णुमाया पौडेलको हातबाट टीका र जमरा ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077