Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठ छेन्दुतर्फ प्रस्थान, भोलि स्वदेश फर्कने

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दुतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार बिहान उनी बेइजिङबाट त्यसतर्फ गएका त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

गएको असोज २९ गते गृहमन्त्री श्रेष्ठ तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन बेइजिङ पुगेका थिए ।

बेइजिङमा रहँदा तेस्रो बीआरएफको उद्घाटन समारोहमा उनी सहभागी भएका थिए ।चीनमा उनले विशिष्ट व्यक्तिहरूसित भेटवार्ता समेत गरेका थिए ।

चीन भ्रमणकै क्रममा उनलाई हृदयाघात भएको थियो । चीन भ्रमण पूरा गरी गृहमन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077