Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनसरीमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या

इनरुवा । सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका २ घर भई कोशी गाउँपालिका ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको छ ।

राति सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077