Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अध्यक्ष तिमिल्सिनाको दाबी – दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ

    अध्यक्ष तिमिल्सिनाको दाबी – दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताएका छन् ।

    एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् । संसदमा आउने विधेयकलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरी औचित्य परीक्षण हुँदै आएको उनले बताए ।



    नेपालको सङ्घीय संसदको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयमा संसदले सरकारलाई निरन्तर खबरदारी गरेको छ । सङ्घीय संसदका दुई सदनमध्येको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ । यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्ययोजनाका अवस्थाबारे तीनै तहका रकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दैआएको छ ।”



    उनले नेपालले दिगो विकास लक्ष्यलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरेको चर्चा गरे ।

    सामाजिक न्याय र समावेशितालाई मौलिक हकका रूपमा संरक्षण गर्दै सबै किसिमका भेदभाव, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने नीति राज्यले अवलम्बन गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार