Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धादिङमा तीनवटा गाडी एकापसमा ठोक्किए, १२ जना घाइते

धादिङ । धादिङमा तीन वटा गाडी एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधवार तीन वटा गाडी एकापसमा ठोक्किएका हुन् ।

धादिङबेसीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर त्यही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेमध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँको श्रीमती २४ वर्षीया ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाडौं पठाइएको छ ।

अन्य घाइते १० जनालाई भने स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाडौंको ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077