Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फिर्ता

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फिर्ता भएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

मलेसियामा भएको फाइनल खेलमा नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई डकवर्थ लेविस पद्धतिअनुसार १९ रनले हराउँदै उपाधि जितेको थियो ।

नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । एसिया कप आउँदो डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077