Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामेछापमा मदन भण्डारीको सालिक तोडफोड

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-५ मा निर्माण भएको मदन भण्डारीको सालिक तोडफोड भएको छ ।

पकरवासको सल्लेनी वनको बिचमा रहेको उक्त सालिक तोडफोड भएको हो ।

तोडफोड कसले गरेको हो अहिलेसम्म पत्ता लागेको छैन । मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक थियो ।

सालिकको एउटा खुट्टा भाँचेर फालिएको छ भने अन्य भागमा ढुंगाले प्रहार भएको छ । पर्यटन प्रवर्द्धनका लागि वाग्मती प्रदेश सरकारले भण्डारीको सालिक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077