Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलले दियो ३५ सयभन्दा बढी ग्राहकलाई १०० रुपैयाँ बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत ३५ सयभन्दा बढी ग्राहकलाई जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको जनाएको छ ।

एनसेलको १८औँ वार्षिकोत्सवका अवसरमा ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सञ्चालनमा ल्याइएको योजनामा ग्राहकलाई गएको शुक्रबार ९कात्तिक ३ गते० बोनस ब्यालेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ ।

भदौ ३१ गतेदेखि २८ दिनसम्म सञ्चालनमा रहेको योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइज पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्ता उपहारमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टकटाइम र एसएमएस रहेको बताइएको छ ।

दैनिक उपहारबाहेक प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकलाई १०० रुपैयाँको बोनस ब्यालेन्सका निम्ति छानिएको कम्पनीले जनाएको छ ।

विजेता ग्राहकले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकमजस्तै गरी एनसेलका सेवा प्रयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077