Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सगरमाथा क्षेत्रमा विदेशी नागरिक मृत भेटिए

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ मा एक विदेशी नागरिक मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथा क्षेत्र भ्रमणमा आएका चेक रिपब्लिकका ४६ वर्षीय जनरोसको शव चोलापिक हिमाली क्षेत्रमा फेला परेका हुन् ।

चोलापिक हिमाल चढेर फर्किएका जनरोस बुधबार दिउँसो अन्दाजी १ बजे हिमालभन्दा करिब ५०० मिटर तल मृत भेटिएको बताइएको छ ।

मृतकको शव बिहीबार हेलिकप्टरमार्फत् उद्धार गरेर लुक्ला ल्याइएको र काठमाडौं पठाउने प्रक्रिया अघि बढाइएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077