Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बालकको उद्धार गर्दा डीएसपीमाथि नै चक्कु प्रहार

बाँके । बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपीमाथि चक्कु प्रहार भएको छ ।

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं डीएसपी सुन्दर तिवारीमाथि चक्कु प्रहरा भएको हो ।

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए।

चक्कु लागेपछि डीएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए।

सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी तिवारीलाई लागेको थियो।

तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077