Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका-६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको हो ।

बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो । मृतकको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077