Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयको आह्वान - विपीन जोशीको सुरक्षा र रिहाइ गरियोस्

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशंका गरिएका विपीन जोशीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

परराष्ट्रले जोशीसहित अरु देशका बेपत्ता नागरिकहरूको पनि सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको हो ।

गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता छन् ।

परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077