Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक, यी हुन् एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

यही कात्तिक १३ गते सोमबार दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

बैठकमा मधेस प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे बैठकमा छलफल हुनेछ ।

साथै बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने बताइएको छ ।

जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077