Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काबुलमा पेट्रोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा गराइएको विस्फोटमा परी ४ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विस्फोटको जिम्मा आईएसआईएसले लिएको छ ।

गत दुई सातायता सो क्षेत्रमा भएको यो दोस्रो विस्फोट हो । यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विस्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077