Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि डीएसपी भट्टराई निलम्बनमा परेका हुन् ।

उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ ।

भट्टराईको ठाउँमा प्रहरी प्रधान कार्यालयले डीएसपी रवीन्द्र खनाललाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077