Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब ठूलो स्वर होइन, २०८४ मा सबै दललाई एकैपटक बाइबाइ गर्ने हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए ।

उनले दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौँ गर भन्ने चुनौती दिएको बताए । आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077