Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस मुख्यालयमा एमाले अध्यक्ष ओलीलाई देउवाको स्वागत

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेताहरु पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरु कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।

सानेपामा जारी कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका छन् ।

एमाले नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077