Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हामीमा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको बताएका छन्।

नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफूहरुको प्रतिस्पर्धा कुनै पनि राजनीतिक दलहरुसँग नभएको बताए ।

सभापति लामिछानेले भने,‘हामीले लड्नुपर्ने विषय भनेको देशको गरिबी हो, भ्रष्टाचार हो। हाम्रा शत्रु साझा छन् । राजनीतिक दलहरुबीच प्रतिस्पर्धा भनेको चुनावमा मात्रै हो । अरु बेला भनेको देशका अन्य विषयहरु साझा हुन् ।’

अन्य दलले नयाँ पार्टीहरुलाई चुनौतीका रुपमा हेरिरहेका बेला तपाईंहरुलाई चाहिँ चुनौतीको रुपमा कुन पार्टीहरु रहेको लाग्छ भन्ने जिज्ञासामा सभापति लामिछानेले आफ्नै पार्टी संगठन निर्माण लगायतका कार्य नै चुनौती रहेको बताए ।

उनले आफूलाई बीपी कोइरालासँग गरेको तुलना गरेका विषयमा भने उनले बीपीसँग आफ्नो तुलना हुन नसक्ने बताए ।

मेलमिलाप नीतिलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले हिजो र आजको मेलमिलापको विषयको सान्दर्भिकता फरक पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077