Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिउटी गर्दा गर्दै ढलेका वरिष्ठ हवल्दार कार्कीको निधन

काठमाडौं । डिउटी गरिरहेकै बेला एक्कासि ढलेका वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत कार्कीको शुक्रबार राति निधन भएका हो । राति डिउटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए ।

राति नै उपचारका लागि उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । तर त्यहाँ अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए ।

शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077