Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा प्रेम सुवालले भने – सरकारी विदा धेरै भयो, एक चौथाई कटौती गरौं

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले हाल रहेको सरकारी बिदामा एक चौथाइ कटौती गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारी बिदा धेरै भएको जनगुनासो सम्बोधन गर्न तत्काललाई एक चौथाइ बिदा कटौती गर्न सरकार समक्ष माग राखेका छन् ।

विकसित देशहरुमा भन्दा धेरै बिदा नेपालमा रहेको भन्दै उनले कटौतीको माग राखेका हुन् । सरकारले २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छ । जसमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती समेत समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077