Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिंहदरबार पुगेर युएनका महासचिव गुटेरेसले भने – विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दछु

काठमाडौं । नेपालको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणपछि इजरायलमा हराइरहेका नेपालका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै महासचिव गुटेरेसले हमासले गरेको आक्रमणको भत्सर्ना गरेका छन् । उनले निहत्था नागरिकहरुमाथिको आक्रमण कुनै पनि अवस्थामा न्ययोचित नहुने उल्लेख गरेका छन् ।

अहिलेका समयहरु धेरै जटिल र तनावपूर्ण रहेको बताउँदै उनले भने–‘धेरै माइल टाढाको मध्यपूर्वमामा भएको द्वन्द्वले नेपालका जनताहरुलाई पनि नजिकबाट प्रभावित पारेको छ । हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु ।’

कतार हुँदै नेपाल आएका उनले गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उक्त कार्यप्रति खेद प्रकट गरेका छन् । उनले भने–‘मानवीय सहायताका लागि पनि विश्राम जरुरी छ तर इजरायलले आक्रमण गरिरहेको छ यसप्रति म खेद प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077