Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईसेवा आइडी ह्याक गरी १५ लाख ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले ईसेवाको आधिकारिक कर्मचारी हुँ भनी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ईसेवाको नाममा ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

पीडितहरुलाई बिभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारीक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप गर्नुपर्यो, केवाईसी अपडेट तथा खाता नविकरण गर्नुपर्यो भनी पीडितहरुकै मोवाइलमा ओटीपी पठाई उक्त ओटीपी प्रयोग गरी पीडितहरुको बैंक खातामा भएको रकम समेत ट्रान्सफर गर्ने पाँच जना पक्राउ परेका हुन् ।

पीडितहरुलाई कुनै पनि चार्ज नलाग्ने र ५० प्रतिशत रकम क्यास ब्याक हुने भनी विश्वास दिलाइ उनीहरुले रकम ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले १८ जना पिडितहरुबाट १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका छन् । अपराध अनुसन्धान कार्यालयले रौतहट जिल्लाको बिभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौर नगरपालिका–५ रौतहटका २६ वर्षिय नवनित कुमार कुशवाहा, २१ वर्षिय कन्हैया कुमार कुशवाहा, २० वर्षिय अभय कुमार यादव, २१ वर्षिय रितेश कुशवाहा र रौतहट गढिमाई नगारपालिका–६ का दिपेन्द्र कुमार यादव रहेका छन् ।

पक्राउ परेका पाँचै जनालाई ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077