Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका तीन एसएसपीको डिआइजीमा विशेष बढुवाको प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ ।

प्राविधिक एसएसपीहरू नवीन्द्र अर्याल, देउती गुरुङ र राकेश सिंहलाई विशेष पद सिर्जना गरी डिआइजीमा बढुवा गर्न लागिएको हो ।

अर्याल विशेष ब्यूरो, गुरुङ केनाईन महाशाखा र सिंह विधि विज्ञान प्रयोगशालामा प्रमुखका रुपमा कार्यरत छन् । तीनै जना प्राविधिक पदमा विशेषज्ञका रुपमा कार्यरत छन् । उनीहरूको लागि त्यो भन्दा माथिल्लो पदको दरबन्दी छैन ।

प्राविधिक सेवामा उनीहरूको विशेषज्ञ सेवा प्रहरीलाई आवश्यक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले डिआइजीको तीन विशेष पद सिर्जना गरी उनीहरूलाई बढुवाको प्रस्ताव गरेको हो ।

गृह मन्त्रालयले सो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ । तर, अर्थ मन्त्रालयले एक महिनादेखि फाइल रोकेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

उनीहरूको अवकाशसँगै ती डिआइजीका ती विशेष पद खारेज हुने गरी विशेष बढुवाको प्रस्ताव गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077