Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केरलास्थित प्रार्थनासभामा बम विस्फोट हुँदा एकको मृत्यु, कयौँ घाइते

एजेन्सी । भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा विस्फोट भएको छ ।

कालामास्सेरी सीआई विबिन दासका अनुसार पहिलो विस्फोट बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विस्फोट भएका हुन् ।

सो विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले जनाएको छ ।

अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभा आइतबार अन्तिम थियो । अधिकारीहरूका अनुसार विस्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077