Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटीमा 'पालिका स्तरीय भलिबल प्रतियोगिता' हुने, प्रथम पुरस्कार ४० हजार !

अछाम । अछामको चौरपाटी गाउँपालिकामा 'पालिका स्तरीय भलिबल प्रतियोगिता' हुने भएको छ । गाउँपालिकाको आयोजनामा  विजया दशमी तथा दीपावलीको अवसरमा यही कार्तिक १७ देखि १९ गतेसम्म सो भलिबल प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिकाका अनुसार प्रथम पुरस्कार ४० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार रहेको छ । पुरस्कार रकमबाट नियमानुसार कर कट्टी गरिने पनि गाउँपालिकाले जनाएको छ ।

साथै सहभागि हुने टिमले कार्तिक १६ गतेभित्र टिम दर्ता गराइसक्नु पर्नेछ । यस्तै खेलाडीहरूको खाना, बस्न तथा व्यवस्थापनको खर्च वडाले गर्नु पर्नेछ ।

साथै खेलाडी वडाभित्रको स्थायी बासिन्दा हुनुपर्ने छ । खेल कार्तिक १७ गतेबाट गाउँपालिकाको खेल मैदानमा खेलाइने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077