Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेट खेलिरहेका प्रहरी इन्स्पेक्टरमाथि गोली प्रहार, अवस्था गम्भीर

एजेन्सी । श्रीनगरमा क्रिकेट खेलिरहेका जम्मू कश्मीरका एक प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ ।

ईदगाह मैदानमा क्रिकेट खेलिरहेका इन्स्पेक्टर मसरूर अहमद वानीलाई चरमन्पन्थीहरूले गोली हानेका हुन् । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उनी स्थानीय युवाहरूसँग क्रिकेट खेलिरहेका बेला चरमन्पन्थीहरूले आक्रमण गरेका थिए । घाइते इन्स्पेक्टरलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो ।

डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका छन् । आक्रमणमा पेस्तोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077